राष्ट्रियसभाका समितिका सभापतिद्वारा शपथ ग्रहण


काठमाडौँ ।

काठमाडौँमा राष्ट्रियसभाअन्तर्गत विभिन्न समितिका सभापतिहरूले शपथ ग्रहण गरेका छन्।

बुधवार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा आयोजित कार्यक्रममा उनीहरूलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

कार्यक्रममा नवनियुक्त सभापतिहरूको सहभागिता रहेको थियो।