काठमाडौँ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पूर्णतया बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ।
यी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने चेतावनी समेत दिइएको छ।
आज राति पनि देशभर बदली रहने र अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा वर्षा तथा हिमपात जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।











प्रतिक्रिया