काठमाडौँ।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको समग्र भौतिक प्रगति करिब ६० प्रतिशत पुगेको छ। सूर्यविनायक–साँगा खण्डमा ४८ प्रतिशत र साँगा–धुलिखेल खण्डमा ६८ प्रतिशत काम सम्पन्न भएको छ। २०७९ सालदेखि सुरु भएको आयोजनामा बजेट अभावका कारण ढिलाइ भए पनि हाल म्याद थप गरेर काम भइरहेको छ।
हाल अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै बिटुमिन अभाव र निर्माण सामग्री महँगिँदा काम प्रभावित भएको छ। बिटुमिनको मूल्य ८० रुपैयाँबाट बढेर १३५ रुपैयाँसम्म पुगेको छ भने ढुवानी खर्च पनि बढेको छ।
चालु आर्थिक वर्षमा पहिलो तहको कालोपत्रे सम्पन्न गर्न १ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। हालसम्म १५ करोड बराबरको काम सम्पन्न भएको छ। साथै, साँगामा निर्माणाधीन अन्डरपास एक महिनाभित्र सञ्चालनमा ल्याउने तयारी छ भने पुल निर्माणको प्रगति भने अझै न्यून रहेको छ।
सडक विस्तार सम्पन्न भएपछि भक्तपुर र काभ्रेबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया