योजना आयोगको उपाध्यक्षमा भट्ट


काठमाडौं ।

सरकारले डा. गुणाकर भट्ट लाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हा े। अर्थतन्त्र र मौद्रिक नीतिका जानकारका रूपमा परिचित भट्टले अब मुलुकको विकास योजना तर्जुमा गर्ने सर्वोच्च निकायको नेतृत्व सम्हाल्नेछन् ।

डोटीमा जन्मिएका भट्टले करिब अढाई दशक नेपाल राष्ट्र बैंकमा बिताएर कार्यकारुी निर्देशकबाट अवकास पाएका छन् । उनले अर्थ मन्त्रालयमा आर्थिक सल्लाहकारको भूमिकामा पनि काम गरेका थिए । यसअघि उनी राष्ट्र बैंककै कार्यकारी निर्देशक थिए। गभर्नर हुने चर्चाबीच उनले उक्त पदबाट राजीनामा दिएका थिए।

भट्टले राष्ट्र बैंकमा २५ वर्ष विताएका थिए । २०५७ सालमा सहायक निर्देशकको रूपमा राष्ट्र बैंकमा प्रवेश गरेका भट्टले लामो समय राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा जिम्मेवारी सम्हालेका उनले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग र मौद्रिक व्यवस्थापन विभागमा रहेर काम गरेका थिए।

नीतिगत तथा प्राविधिक दुवै पक्षमा दख्खल राख्ने भट्टले कर्जा सूचना केन्द्रका अध्यक्ष र नेपाल धितोपत्र बोर्ड को सञ्चालक समिति सदस्यका रूपमा समेत काम गरिसकेका छन्। अर्थतन्त्रका जटिल विषयलाई सरल रूपमा विश्लेषण गर्ने क्षमताका कारण उनका विभिन्न लेख तथा विश्लेषणहरू व्यापक रूपमा प्रकाशित हुँदै आएका छन्। उनी काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा पनि आबद्ध छन् ।