ज्ञान मसलाको ब्रान्ड एम्बेसडरमा स्वस्तिमा खड्का


काठमाडौँ
के.एल. दुगर समूह अन्तर्गतको ‘ज्ञान मसला’ ले नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको छ ।

यस सहकार्यमार्फत कम्पनीले आफ्नो पहिचानलाई अझ ऊर्जावान बनाउने र नयाँ पुस्ताका उपभोक्तासँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ । सन् १९८९ मा स्थापना भएको के.एल. दुगर समूहले तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास कायम राख्दै आएको छ भने ‘ज्ञान’ ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थापित गर्दै आएको दाबी गरिएको छ ।

कम्पनीकी कार्यकारी निर्देशक भाविका दुगरले स्वस्तिमा खड्कालाई ‘ज्ञान’ परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै उनको दर्शकसँगको बलियो सम्बन्धले ब्रान्डलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।

अभिनेत्री खड्काले पनि ज्ञान मसलासँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै यसको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तासम्म पु¥याउन आफू सक्रिय रहने बताउनु भएको छ । कम्पनीले उपभोक्ताको बदलिँदो स्वादअनुसार नयाँ–नयाँ मसला उत्पादन बजारमा ल्याउँदै आएको छ र हाल ज्ञान मसला १४ प्रकारमा उपलब्ध रहेको छ । देशभर फैलिएको वितरण सञ्जालमार्फत हरेक नेपाली भान्सासम्म सहज पहुँच बनाउने कम्पनीको लक्ष्य रहेको छ ।