काठमाडौँ
काठमाडौंमा ओमोडा जेको र आइकारका आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले आफ्ना विद्युतीय सवारी (ईभी) मोडेलमा ११ वर्षे विस्तारित वारेन्टी घोषणा गरेको छ ।
उद्योगकै अग्रणी मानिएको यस वारेन्टीअन्तर्गत ब्याट्री र मोटर कम्पोनेन्टमा नेपालकै लामो अवधिको सुविधा उपलब्ध गराइनेछ । हाल यी सवारीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको मानक उत्पादक वारेन्टी रहेकोमा अब विस्तारित कार्यक्रममार्फत ब्याट्रीमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर र ड्राइभ मोटर एसेम्बलीमा ११ वर्ष वा २ लाख किलोमिटरसम्म (जुन पहिले आउँछ) कभरेज दिइनेछ ।
यो सुविधा ओमोडा ई५, जेको जे५, जेको जे६टी र आइकार भी२३ मोडेलहरूमा लागू हुनेछ। विस्तारित वारेन्टीअन्तर्गत ट्र्याक्सन ब्याट्री प्याक र ड्राइभ मोटर एसेम्बलीमा हुने प्राविधिक त्रुटिहरूमा पूर्ण कभरेज प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका निर्देशक गौरव शारदाले यस योजनाले उन्नत ईभी प्रविधिप्रति कम्पनीको विश्वास र ग्राहकप्रति प्रतिबद्धता झल्काउने बताउँदै दीर्घकालीन भरोसा र बफादारिता बढाउने विश्वास व्यक्त गर्नुभयो ।
देशभर १८ भन्दा बढी बिक्री केन्द्र र १५ सेवा केन्द्रसहित विस्तार भइरहेको बिक्री तथा चार्जिङ पूर्वाधारसँगै ओमोडा जेको र आइकारले नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन् । ग्राहकहरूलाई थप जानकारीका लागि नजिकको सोरुम वा आधिकारिक सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको छ ।











प्रतिक्रिया