काठमाडौँ
युनिलिभर नेपालअन्तर्गतको ब्रान्ड भ्यासलिनले आफ्नो विश्वव्यापी रूपमा सफल उत्पादन भ्यासलिन ग्लुटा–हाया लाई ‘शोस्टपर स्किन’ नामक विशेष कार्यक्रममार्फत नेपाली बजारमा सार्वजनिक गरेको छ । परम्परागत ढाँचालाई तोड्दै आयोजना गरिएको कार्यक्रममा कुनै पूर्व जानकारी बिना भीडभाड हुने स्थानहरूमा चम्किलो पिंक कार्पेट ओछ्याएर सर्वसाधारणको ध्यान आकर्षित गरिएको थियो ।
कार्यक्रममा कलाकार तथा प्रभावशाली व्यक्तित्वहरू अन्नपूर्णा शर्मा, कविता नेपाली र मलिका महतले पिंक कार्पेटमा आत्मविश्वासका साथ प्रस्तुति दिँदै उपस्थित दर्शकलाई आकर्षित गरेका थिए । युनिलिभर नेपालकी मार्केटिङ प्रमुख सुरभि गोस्वामीले ‘शोस्टपर स्किन’ आत्मविश्वास र छालाको प्राकृतिक चमकलाई केन्द्रमा राखेर तयार गरिएको अभियान भएको बताउनुभयो ।











प्रतिक्रिया