दोलखा।
प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक क्षेत्रमा चैत्रको तेस्रो साता सोमवार हिमपात भएको छ । दिउँसो ३ः४५ बाट झन्डै दुई घण्टा हिमपात भएको कालिञ्चोक कुरीमा रहेको होटल सुनपातीका विमल ओझाले बताए ।
हिमपातपछि कालिञ्चोक पुगेका पर्यटकहरु हिउँसंग रमाईरहेको ओझाले बताएका छन् । तीन हजार आठ सय ४२ मिटर उँचाईमा रहेको कालिञ्चोकमा यो बर्ष पाँच पटक भन्दा बढी हिमपात भईसकेको छ । कालिञ्चोक क्षेत्रमा यो बर्ष पहिलो पटक माघ १५ गते हिमपात भएको थियो ।

केही समयदेखि कालिञ्चोकमा बर्षमा २÷४ पटकमात्र हिमपात हुने गरेकोमा यो बर्ष भने पाँच पटक भन्दा बढी हिमपात भई सकेको छ । प्रत्येक पटक थोरै समयमात्र हिमपात भएकोले धेरै दिनसम्म हिउँ नरहने होटल सुनपातीका सञ्चालक हरि ओली बताउँछन् ।
कालिञ्चोकमा हिमपात भएको खबर पछि नेपालको बिभिन्न ठाँउ र भारतबाट समेत पर्यटकले चासो दिन थालेको ओलीले बताए।











प्रतिक्रिया