काठमाडौँ
स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी) र सिटी टेक ग्रुप प्रा.लि. बीच डिजिटल भुक्तानी क्षेत्रलाई थप सुदृढ र आधुनिक बनाउने उद्देश्यसहित रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ ।
यस सहकार्यअन्तर्गत सिटी टेकका हार्डवेयर (फिनपोस) उपकरणमा एससिटीको प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्ने सुविधा उपलब्ध हुनेछ, जसमा भिसा, युनियनपे, नेपालपेलगायत विभिन्न कार्ड स्किम तथा स्मार्ट क्यूआरमार्फत डायनामिक क्यूआर भुक्तानीलाई पनि समर्थन गरिनेछ ।
यस साझेदारीले एससिटीको सशक्त भुक्तानी पूर्वाधारलाई सिटी टेकको नवीन प्रविधिसँग संयोजन गर्दै बैंक, वित्तीय संस्था र व्यापारीहरूका लागि आधुनिक, सहज तथा विस्तारयोग्य पोस डिभाइस उपलब्ध गराउने लक्ष्य राखेको छ । पोस अक्वायरिङ व्यवसाय गर्न चाहने बैंक तथा भुक्तानी सेवा प्रदायकहरूका लागि यो सेवा लाभदायक हुने बताइएको छ, किनकि छुट्टाछुट्टै कार्ड सदस्यता, प्रविधिगत लगानी र सुरक्षा प्रमाणीकरणको झन्झट कम हुनेछ ।
एससिटीले डिजिटल भुक्तानी प्रणालीको विस्तार, पहुँच वृद्धि र नवप्रवर्तन प्रवद्र्धनमा निरन्तर काम गर्दै आएको छ । हाल एससिटीले २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारीमार्फत एससिटी–युनियनपे कार्ड जारी गर्दै आएको छ । साथै स्मार्ट स्विच प्रणालीमार्फत भिसा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा प्रदान गर्दै आएको छ । दुई दशकभन्दा लामो अनुभवसहित एससिटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किमका रूपमा परिचित छ र स्मार्ट क्यूआर, स्मार्ट पे (आईबिएफटी) अन्तर बैंक भुक्तानी सेवा तथा स्मार्ट बैंकिङ मोबाइल बैंकिङजस्ता सेवा पनि उपलब्ध गराउँदै आएको छ ।











प्रतिक्रिया