काठमाडौँ
सिएफमोटो नेपालले ग्राहक सन्तुष्टि र बिक्रीपछिको सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ आफ्ना जेनुइन स्पेयर पाट्र्स देशका विभिन्न प्रमुख सहरमा किफायती तथा ग्राहकमैत्री मूल्यमा उपलब्ध गराउने घोषणा गरेको छ ।
यस पहलले देशभरका सिएफमोटो प्रयोगकर्ताहरूलाई सहज पहुँच, भरपर्दो सेवा र सस्तो मर्मत सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
नेपालको प्रिमियम मोटरसाइकल क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको सिएफमोटोले काठमाडौं उपत्यकाभित्र र बाहिर दुवै क्षेत्रमा स्पेयर पाट्र्सको उपलब्धता सुनिश्चित गर्दै सेवा सञ्जाललाई अझ मजबुत बनाइरहेको छ । कम्पनीले ग्राहकलाई केन्द्रमा राख्दै स्पेयर पाट्र्सको मूल्यलाई किफायती बनाउनुका साथै प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि सिएफमोटो ग्लोबलद्वारा सञ्चालित विभिन्न तालिम कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएको छ ।
अब बिर्तामोड, इटहरी, हेटौंडा, चितवन, बुटवल, पोखरा र नेपालगञ्ज लगायत सहरमा सिएफमोटोका जेनुइन स्पेयर पाट्र्स सहजै उपलब्ध हुनेछन् भने काठमाडौंभित्र कालोपुलस्थित सिएफमोटो सर्भिस स्टेसन, बुद्धनगरको काठमाडौं अटो क्लिनिक र सल्लाघारीको राइडर्स ग्रुपमार्फत सेवा प्रदान गरिनेछ ।
यस विस्तारसँगै कम्पनीले जेनुइन तथा उच्च गुणस्तरका स्पेयर पाट्र्स, पारदर्शी मूल्य, छिटो सेवा र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहो¥याएको छ । हालै सम्पन्न सिएफमोटो २ सय ५० डुअल ईएफआई सार्वजनिक कार्यक्रममा कम्पनीका प्रतिनिधिले देशभरका ग्राहकलाई सहज, भरपर्दो र किफायती सेवा दिनु नै आफ्नो मुख्य उद्देश्य रहेको बताउनुहोस् ।











प्रतिक्रिया