काठमाडौँ।
अबुधाबीको अजबान क्षेत्रमा क्षेप्यास्त्रको भग्नावशेष खसेर १२ जना घाइते भएका छन्। घाइते हुनेमा पाँच जना भारतीय र सात नेपाली नागरिक रहेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार, अबु धाबी मिडिया अफिसले सामाजिक सञ्जालमा भनेको छ १२ जनामध्ये छ जनालाई सामान्यदेखि मध्यम चोट लागेको छ भने एक नेपाली गम्भीर घाइते भएका छन्। घाइतेको नामावली भने सार्वजनिक भएको छैन।
वायु रक्षा प्रणालीले “क्षेप्यास्त्रलाई सफलतापूर्वक रोकेपछि” भग्नावशेष खसेको बताइएको छ।
फेब्रुअरी २८ मा मध्यपूर्वमा द्वन्द्व सुरु भएयता यस क्षेत्रका आठ भारतीय नागरिकको मृत्यु भइसकेको छ भने धेरै घाइते भएका छन्।











प्रतिक्रिया