काठमाडौँ।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले विभिन्न ६ वटा निर्णय सार्वजनिक गरेकाे छ।
पार्टी मुख्यालय च्यासलमा शुक्रबार कार्यवाहक अध्यक्ष रामबहादुर थाफा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेता चयन लगायतका विषयमा निर्णय गरेको हो । साइबर आक्रमणको निन्दा गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूविरुद्ध भइरहेको नियोजित साइबर आक्रमणको भत्र्सना गर्दै दोषीलाई कानूनी कारबाही गर्न माग गरिएको छ ।
यी हुन् एमाले केन्द्रीय सचिवालय बैठकले विभिन्न ६ निर्णय :
१. संसदीय दलको नेता चयन: पार्टीले प्रजातान्त्रिक विधिबाट संसदीय दलको नेता चयन गरिएको र यसमा कुनै बाह्य हस्तक्षेप नभएको स्पष्ट पारेको छ ।
२. विवादित अभिव्यक्ति सच्याइएको स् कार्यवाहक अध्यक्ष बादलले संसदमा नेपाली सेना, निजामती प्रशासन र अन्य संवैधानिक निकायका बारेमा दिएको अभिव्यक्तिप्रति पार्टीले गम्भीर समीक्षा गर्दै ती निकायहरूप्रति पार्टीको सम्मान र सद्भाव यथावत रहेको स्पष्ट पारेको छ ।
३.साइबर आक्रमणको निन्दाः पार्टीका नेता तथा कार्यकर्ताहरूविरुद्ध भइरहेको नियोजित साइबर आक्रमणको भत्र्सना गर्दै दोषीलाई कानूनी कारबाही गर्न माग गरिएको छ ।
४. विद्यार्थी संगठनमाथिको प्रतिबन्धको विरोधः सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने र प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै त्यसको कडा विरोध गरिएको छ।
५. विज्ञापन नीतिको विरोधः सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने सरकारको निर्णयले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै सो निर्णय फिर्ता लिन माग गरिएको छ ।
६. वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षाः पश्चिम एसियामा जारी द्वन्द्वका कारण असुरक्षित बनेका नेपालीहरूको उद्धार र सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।











प्रतिक्रिया