काठमाडौं।
वैदेशिक रोजगार विभागले विदेश पठाइदिने बहानामा ठगी गर्ने व्यक्तिहरूको नाम र विवरण सार्वजनिक गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको निर्देशनपछि विभागले व्यक्तिगत रूपमा ठगीमा संलग्न व्यक्तिहरूको विवरण सार्वजनिक गरेको जनाएको छ।
विभागका अनुसार २०८२ फागुन १७ गतेदेखि चैत १७ गतेसम्मको एक महिनाको अवधिमा ३४६ भन्दा बढी व्यक्तिहरू ठगी प्रकरणमा संलग्न रहेको सूचीमा परेका छन्।
अनुसन्धान तथा मुद्दा शाखामा दर्ता भएका उजुरीका आधारमा वैदेशिक रोजगारसम्बन्धी कसूरमा प्रतिवादी बनेकाहरूको विवरण सार्वजनिक गरिएको विभागले जनाएको छ।
यसैबीच विभागले अबदेखि हरेक तीन दिनमा दर्ता भएका नयाँ मुद्दाको विवरण आफ्नै वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ। उक्त विवरणमा प्रतिवादीको नाम, ठेगाना र बिगो रकमसमेत समावेश गरिनेछ।











प्रतिक्रिया