काठमाडौँ।
धनुषामा सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई मिथिला नगरपालिका–१० लालगढबाट नियन्त्रणमा लिएको हो।
कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ्ग कार्यमा प्रयोग हुने सवारी साधन रोक्दै सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियारको टोली खटिएको थियो।
अख्तियारका अनुसार अधिकारीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।











प्रतिक्रिया