ओलीलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौँ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले थप दुई दिन म्याद दिएको छ । न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले भर्चुअल सुनुवाइमार्फत् अनुसन्धानका लागि समय थप गर्ने आदेश दिएको हो।

बयानका क्रममा ओलीले स्वास्थ्य समस्या रहेको जानकारी गराएका छन् । अदालतले उपचारमा असर नपर्ने गरी अनुसन्धान अघि बढाउन समेत निर्देशन दिएको छ ।