उदयपुर ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित नेपाल इनभेष्टमेन्ट मेघा (एनआइएमबि) बैंककी एक महिला कर्मचारी रकम अपचलन गरेको आरोपमा करिब एक महिना अघिदेखि प्रहरी हिरासतमा रहेको रहस्य खेलेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ५ बगाहा घर भएकी बाँनिया केही वर्षदेखि सो बैंकमा कार्यरत रहेको र आफन्त चिनजानका मानिसले बैंक खातामा रकम जम्मा गर्न दिएको तर खाताधारी सेवाग्राही नभई अन्य रहेकोले सोही रकम अपचलन गरेकोले उनी विरुद्ध जाहेरी परेको थियो ।
जाहेरी कर्ता सोही बैंक रहेको, बैंकमा रकम जम्मा गर्न दिने व्यक्तिको नाम भने गोप्य राखिएको छ । बैंकमा रकम जम्मा गर्न दिने व्यक्तिले बैंकमा उजुरी दिएपछि बैंकले अनुसन्धान गर्दा रकम अपचलन गरेको फेला पारेपछि बैंकले प्रहरीमा उजुरी गरेपछि बानियाँलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक निरञ्जन थापाले उजुरीका आधारमा बैंक कर्मचारी सुनिता बानियाँलाई अनुसन्धानकालागि नियन्त्रणमा लिएको जानकारी दिएका छन् । सूचना अधिकारी थापाले कति रकम अपचलन भएको हो भन्ने बारेमा अनुसन्धानको काम अघि बढेकोले यस सम्बन्धमा अन्य कुरा भन्न नमिल्ने र अनसन्धान पश्चात आवश्यक जानकारी दिइने बताए ।
यस विषयमा एनआइएमबि बैंक गाईघाटका प्रमुख विष्णु कार्कीले पनि यो घटना करिब एक महिना अघिको जानकारी दिंदै उनले अपचलन गरेको रकम बैंकको सेवाग्राही वा खाताधारीको नभएको र अहिलेसम्म कनै पनि खाताधारीको रकम कसैबाट अपचलन नभएको बताए । व्यक्तिगत रुपमा सो रकम कुनै बैंकमा वा कतै जम्मा गर्न ति कर्मचारीलाई दिइएकोमा जम्मा नगरपछि उजुरी गरेको र प्रहरीले ति कर्मचारीले चलाउने कम्प्युटर मोवाइल लगायतका अन्य सामान सहित नियन्त्रणमा लिएको बताए ।











प्रतिक्रिया