काठमाडौँ।
स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएका छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले शिक्षा र विज्ञान प्रविधिको क्षेत्रमा धेरै काम गर्नुपर्नेमा जोड दिएका छन् । ‘विज्ञान प्रविधिको विकास नगरेसम्म कुनै पनि देशको विकास हुँदैन । त्यसका लागि नेपालमा शक्तिशाली विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र आवश्यक भएकाले त्यसलाई एउटा कानले सुनेर अर्को कानले नउडाउन अनुरोध गर्दछु’, उनले भने ।
उनले शिक्षा नियमावलीमा धेरै परिमार्जन आवश्यक भएकोमा जोड दिएका छन् । विभिन्न आन्दोलनको उपलब्धिबाट प्राप्त राजनीतिक अधिकारको प्रयोग गरेर अहिले जनताले रास्वपालाई सदनको ठुलो दल बनाएको भन्दै उनले अब उसले जनताका काम गर्नुपर्नेमा जोड दिए ।
उनले विदेशमा बसेका नेपालीलाई भोट दिने अधिकार दिनुपर्नेमासमेत जोड दिएका छन् ।











प्रतिक्रिया