काठमाडौँ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधि सभामा बोल्दै एमसीसी खारेज गर्न र सीमावर्ती क्षेत्रमा नेपाल सरकारले निगरानी कडा बनाउन माग गरेका छन्।
साथै उनले सांसदहरूको सम्पत्ति छानबिन, शिक्षा प्रणालीमा उत्पादन, निर्माण र आविष्कारसँग जोड र जीवनोपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिएका छन्।
राईले समयपालनमा ढिलाइ र संसदभित्रको विभेदप्रति पनि गुनासो गरेका छन्, जसले जनप्रतिनिधिको कार्यक्षमता प्रभावित भएको बताएका छन्।











प्रतिक्रिया