काठमाडौं ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सरकारद्वारा जारी परिपत्रप्रति आपत्ति जनाउँदै यसले निजी सञ्चारमाध्यमहरूलाई कमजोर पार्ने र बन्द गराउने उद्देश्य राखेको बताएका छन्। उनले उक्त कदमलाई प्रेस स्वतन्त्रता संकुचित गर्ने र नियन्त्रण गर्ने प्रारम्भिक प्रयासका रूपमा व्याख्या गरेका छन्।
युनियनका अध्यक्ष लम्सालले भने सरकारले सार्वजनिक सूचना आफ्नै माध्यममार्फत मात्र प्रकाशन गर्न लगाउने नीति ल्याएर निजी मिडियाको आर्थिक आधार कमजोर बनाउन खोजेको छ। उनले यस्तो कार्य सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने योजनाको संकेत भएको दाबी गरेका छन्।












प्रतिक्रिया