पूर्वयुवराज पारस शाह अस्पताल भर्ना


काठमाडौं ।

पूर्वयुवराज पारस शाहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो।

सुरक्षा स्रोतका अनुसार पारस शाहलाई नियमित स्वास्थ्य जाँचका लागि अस्पताल ल्याइएको हो।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा परीक्षण भइरहेको जनाइएको छ।