गृहमन्त्री गुरुङले पहिलोपटक पशुपतिनाथ मन्दिर दर्शन गरे


काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले आज बिहानै पशुपतिनाथ मन्दिरको विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका छन्।

गृहमन्त्री नियुक्त भएपछि यो उनको पहिलो पशुपतिनाथ दर्शन हो। दर्शनपछि उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेका छन्।

उनले दर्शन हनुमान जयन्तीको अवसरमा गरेका हुन्।