२७ दिनमा इनिशाको शव बुझ्दै परिवार, आजै अन्त्यष्टि गरिने

3.01k
Shares

सुर्खेत।

सुर्खेतकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन् ।  वीरेन्द्रनगर नगरपालिका–१ कि इनिशा गएकाे २३ फागुनमा मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक रूपमा घटनालाई शंकाष्पद मानिए पनि पछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो ।

जिल्ला अदालत सुर्खेतले बलात्कार र हत्या प्रकरणमा चार जना अभियुक्तलाई बाल सुधार गृहमा पठाउने आदेश दिएपछि परिवार शव बुझ्न तयार भएको हो ।