नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट लोकप्रिय सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिने भएकी छिन्।
लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले फेसियल हाउस ब्रान्डमार्फत देशभर युनिसेक्स ब्युटी सलुन विस्तार गर्दै ३ सयभन्दा बढी महिलालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएकी छिन्। उनको नेतृत्वमा विस्तारित उक्त नेटवर्कले महिला उद्यमशीलता प्रवद्र्धनमा उल्लेखनीय योगदान दिएको छ। सौन्दर्य व्यवसायस“गै उनले विभिन्न उद्योग–व्यवसायमा समेत लगानी विस्तार गर्दै बहुआयामिक उद्यमीको रूपमा आफूलाई स्थापित गर्दै आएकी छिन्।
नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) को कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेकी महरा हाल सचिवको महत्वपूर्ण भूमिकामा क्रियाशील छिन्। उनले यसस“गस“गै विभिन्न पेसागत तथा सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छिन्।
महराले सशक्त महिला नेतृत्व र उद्यमशीलताको आधार भन्ने मूल नारालाई अघि सारेकी छिन्। आगामी २९ र ३० गते हुने महासंघको ६०औ“ वार्षिक साधारण सभामार्फत नया“ नेतृत्व चयन हुने छ।











प्रतिक्रिया