आगामी जेठ ८ गते रिलिजमा आउने फिल्म मितज्यूमा समावेश गैराघरे काइँली बोलको गीत सार्वजनिक गरिएको छ।
सार्वजनिक भएको गीतले छोटो समयमै चर्चा पाएको छ। गीतले युट्यबमा ११ लाखभन्दा बढी भ्युज पाएको छ। फिल्मका निर्माता जनक घर्ती मगरले ६ दिनमा ११ लाखभन्दा बढी पटक हेरिनु सुखद् पक्ष भएको बताए। गीत २४ हजारभन्दा बढीले लाइक गरेका छन् भने १३ सयभन्दा बढीले कमेन्ट गरेका छन्। गीतमा तेरिया मगरले गरेको डान्सको प्रशंसा भएको छ भने अधिकांशले कलाकारको अभिनयमा तारिफ खर्चिएका छन्। फिल्ममा सौगात मल्लको अर्को रूप देख्न पाइयो भन्दै दर्शक उत्साहित बनेका छन्। दर्शकको सकारात्मक कमेन्टले पनि निर्देशक अनि बुढा मगर दंग छन्।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई प्रस्तुत गरिएको छ। गीतको भिडियोमा सौगात मल्ल र तेरियाले लोकलयको गीतमा गाउ“ले पहिरनमा नृत्य गरेका छन्। गीतमा सौगात र तेरिया नाचेका छन् भने दयाहाङले कथाअनुसार प्ले गरेका छन्। गीतलाई श्रीकृष्ण बम मल्ल र मेलिना राईले गाएका छन्। गीतमा शब्द रचना र संगीत पनि गायक मल्लकै छ।
गीतको भिडियो मिङ्मा डि लेप्चाको कोरियोग्राफी गरेका छन्।
अनिल बुढा मगरको निर्देशन र जनक घर्ती मगरको निर्माणमा बनेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतले अभिनय गरेका छन्। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा संगीत श्रीकृष्ण बम मल्ल तथा स्वर संगीतकार मल्ल, मेलिना राई र लक्ष्मी मल्ल, द्वन्द्व निर्देशन प्रभात विष्ट, छाया“कन शिशिर विशंखे र सम्पादन लोकश बज्राचार्यको रहेको छ।











प्रतिक्रिया