काठमाडौं ।
इन्डोनेसियामा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार मुलुक्का समुद्र क्षेत्रमा स्थानीय समयअनुसार बिहान ६:४८ बजे आएको भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको छ । प्रारम्भिक विवरणमा ७.८ म्याग्निच्युड उल्लेख गरिए पनि पछि परिमार्जन गरिएको हो। भूकम्पको केन्द्रविन्दु टर्नेट सहरबाट करिब १२० किलोमिटर टाढा रहेको जनाइएको छ ।
टर्नेट सहर करिब दुई लाखभन्दा बढी जनसंख्या भएको घना बस्ती भएको टापु हो। शक्तिशाली कम्पनपछि प्रशान्त क्षेत्रीय सुनामी चेतावनी प्रणालीले सतर्कता अपनाउन आग्रह गर्दै सुनामीको जोखिम रहेको जनाएको छ। बीबीसीका अनुसार भूकम्पको केन्द्रविन्दुबाट करिब एक हजार किलोमिटरको दायराभित्र पर्ने इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा समुद्री छालहरू पुग्ने सम्भावना रहेको छ।
हालसम्म मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन। स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न र सतर्क रहन अपिल गरेको छ। उक्त क्षेत्रमा थप परकम्प (aftershocks) आउन सक्ने भएकाले जोखिम उच्च रहन सक्ने विज्ञहरूले बताएका छन्।











प्रतिक्रिया