काठमाडौँ ।
हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी र हिमाली भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। रातिको समयमा पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।











प्रतिक्रिया