आजदेखि संसद् अधिवेशन सुरु, प्रतिनिधि सभाको सम्भावित कार्यसूची तय


काठमाडौँ ।

काठमाडौँमा नयाँ प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहूद्देश्यीय कक्षमा दिउँसो २ बजे बैठक आह्वान गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन बोलाएका हुन्।

संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ। पहिलो बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिनेछ भने प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनबारे जानकारी पनि प्रस्तुत गरिनेछ। साथै, बैठकमा विभिन्न महत्त्वपूर्ण एजेन्डामाथि छलफल हुने जनाइएको छ।