गृहमन्त्री गुरुङद्वारा जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन


काठमाडौँ।

गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन गरेका छन् । मन्त्री गुरुङले बुधवार जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर स्थलगत अनुगमन गरेका हुन ।

अनुगमनका क्रममा उनले नागरिकमैत्री, स्वच्छ र पारदर्शी भएर सेवा प्रदान गर्न प्रहरीलाई निर्देशन दिए । उनले प्रहरीलाई आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता पनि जनाए ।

गृहमन्त्री गुरुङलाई परिसरबाट भइरहेको काम कारबाहीका बारेमा परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी गराएका थिए ।