काठमाडौं।
लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागू औषध ट्रामाडोलसहित ४ जनालाई पक्राउ गरेको छ।विभिन्न मितिमा काठमाडौंका फरक–फरक स्थानबाट प्रहरीले कुल ३५ हजार ५ सयभन्दा बढी ट्रामाडोल क्याप्सुल बरामद गरेको हो।
ब्यूरोका अनुसार, काठमाडौं महानगरपालिका वडा नं. २२ स्थित क्षेत्रबाट एक व्यक्तिलाई ३६०० क्याप्सुलसहित पक्राउ गरिएको छ। त्यस्तै, गोंगबु क्षेत्रबाट एक जनालाई ९४६ क्याप्सुल, सुन्धारा क्षेत्रबाट अर्का एक जनालाई ११८० क्याप्सुल र कोटेश्वर क्षेत्रबाट अर्को व्यक्तिलाई ८८० क्याप्सुलसहित नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेहरू विभिन्न जिल्लाका रहेका छन् र उनीहरू लामो समयदेखि लागू औषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
यसैबीच, लागू औषध मुद्दामा फरार रहेका एक व्यक्तिलाई पनि पुनः पक्राउ गरिएको छ। उनी यसअघि अदालतको आदेशपछि फरार रहेका थिए।
प्रहरीले पक्राउ परेका सबैलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।











प्रतिक्रिया