रुसी सैन्य विमान दुर्घटना: २९ जनाको मृत्यु


काठमाडौँ।

रुसको रक्षा मन्त्रालयले क्रिमियामा रुसी सैन्य विमान दुर्घटनाग्रस्त भएको र त्यसमा सवार सबै २९ जनाको मृत्यु भएको बताएको छ। मन्त्रालयले रुसी समाचार एजेन्सीहरू तास र आरआईए-नोवोस्तीलाई लाई बताएअनुसार An-26 विमान प्राविधिक गडबडीका कारण पहाडमा ठोक्किएको थियो। विमानमा छ जना चालक दलका सदस्य र २३ जना यात्रु गरी २९ जनाको मृत्यु भएको छ।

तासले मंगलबार स्थानीय समय अनुसार साँझ ६ बजे विमानसँग सम्पर्क टुटेको जनाएको छ। त्यसपछिको खोजी गर्दा भग्नावशेष फेला पारेको हो ।

विमान १९६० को दशकको अन्त्यदेखि प्रयोगमा छ र धेरै घातक दुर्घटनाहरूमा परेको छ।

२०२० मा, युक्रेनको खार्किभमा एउटा An-२६ दुर्घटनाग्रस्त भएको थियो , जसमा २६ जनाको मृत्यु भयो। २०२१ मा, रूसी सुदूर पूर्वमा भएको दुर्घटनामा २८ जनाको मृत्यु भएको थियो ।