अध्यक्ष ओली पक्राउविरुद्ध थप कार्यक्रम तय गर्न च्यासलमा एमाले सचिवालय बैठक सुरु


काठमाडौँ।

नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठक च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शुरु भएको छ ।अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि पार्टीले दोस्रो पटक बैठक बोलाएको हो ।

बैठकमा ओलीको तत्काल रिहाइ, विरोध कार्यक्रमको थप रणनीति तथा कानूनी तथा राजनीतिक कदमबारे छलफल हुने बताइएको छ ।

बैठकले यसअघि नै अध्यक्ष ओलीको रिहाइको माग गर्दै देशभर प्रदर्शन, जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, जनता तथा नागरिक समाजसँग सहकार्य गर्ने लगायतका कार्यक्रम तय गरेको थियो ।

आजको बैठकमा यी कार्यक्रमको समीक्षा र थप निर्णय हुन सक्ने बताइएको छ । बैठकमा सचिवालय सदस्यहरू उपस्थित छन् भने अध्यक्ष ओलीको कुर्सी खाली राखिएको छ ।