सुनचाँदीको मूल्यमा आज भारी वृद्धि


काठमाडौं ।

काठमाडौंमा आज सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँले वृद्धि भई दुई लाख ९० हजार २०० रुपैयाँ पुगेको छ।

यसअघि सोमबार सुनको मूल्य दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ८४५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १४५ रुपैयाँले बढी हो।