काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बजेट अधिवेशन आह्वान गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार चैत १९ गते दिउँसो २ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गर्नुभएको हो ।
सोमवार बसेको मन्त्रिपरिषद्ले १९ चैत्रका लागि संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा १ अनुसार बैठक आह्वान गर्नुभएको हो ।











प्रतिक्रिया