राष्ट्रपति पाैडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान


काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद् बैठकले चैत १९ मा संसद अधिवेशन आह्वान सिफारिस गरेसँगै राष्ट्रपति पौडेलले चैत १९ दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वानको व्यवस्था छ ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ,”नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा २०८२ साल चैत १९ बिहीबारका दिन २ बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै अधिवेशन आह्वान गर्नुभएको छ ।”

फागुन २१ को चुनावबाट निर्वाचित प्रतिनिधिसभाको यो पहिलो अधिवेशन हो ।