खोटाङ।
खोटाङका बाँदर पीडित किसानहरूले बाँदर समस्या समाधानको माग गर्दै प्रदर्शन गरेका छन् । बाँदरले कृषिजन्य वस्तुमा क्षति पु¥याएकाले त्यसको समाधान गर्न माग गर्दै सोमबार कृषि औजारसहित दिक्तेलबजारमा प्रदर्शन गरेका हुन् ।
दिक्तेलबजारको हुलाकडाडाँस्थित जेष्ठ नागरिकको कार्यालयबाट हलो, जुवा, दाँते, कोदालो लगायतका कृषि औजारसहित सुरु भएको जुलुसपछि प्रमुख जिल्ला अधिकारी रेखा कँडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । भूगोलको आधारमा उत्पादन हुने फलफूल, तरकारी, खाद्यान्न लगायतका बाली–नाली नष्ट गरी खेतीयोग्य जमिन बाँझै रहनुका साथै बसाइँ सर्नुपर्ने बाध्यता आइपरेकाले त्यसको रोकथाम गर्नु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको प्रदर्शनका अगुवा दुर्गाप्रसाद घिमिरेले बताए ।
राज्यबाट कृषि क्षेत्रमा गरिएका लगानी, सिंचाइ, कृषि अनुदान, औजार–उपकरण, औषधी, श्रम समेत खेर जाने भएकाले किसानको बाँच्न पाउने अधिकार नव गठित सरकारको बाचापत्रमा उल्लेख भएकाले त्यसको कार्यान्वयनका लागि ध्यानाकर्षण गराइएको घिमिरेको भनाई छ ।
जिल्लामा यसअघि पनि बाँदर समस्या समाधानका लागि पटक–पटक आन्दोलन तथा प्रदर्शन हुँदै आएको छ । पछिल्लो समय बिसनको खेतबारी हुँदै घर–घरैमा बाँदरले क्षति पु¥याउँदै आएको छ ।











प्रतिक्रिया