लमजुङ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पम्चोक स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
चैत १५ गते राति करिब १०:०५ बजे खुदीबाट भलामचौरतर्फ जाँदै गरेको ग १ त ५६४६ नम्बरको खाली ट्याक्टर सडकबाट करिब ३–४ मिटर तल खस्दा चालकसहित तीन जना घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो।
दुर्घटनामा ताप्लेजुङ फुङलिङ नगरपालिका–९ घर भएका ३२ वर्षीय दिपेश लिम्बूको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
त्यस्तै, ताप्लेजुङ घर भई हाल झापाको बुद्धशान्ति गाउँपालिका–४ बसोबास गर्दै आएका २६ वर्षीय सुमन राईको छाती र बाँया हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टर चालक ताप्लेजुङ पाथीभरा याङ्लो गाउँपालिका–१ का ३३ वर्षीय सुजन राईलाई उपचारका लागि प्रदेश अस्पताल लमजुङ लगिएकोमा उपचारकै क्रममा मिति चैत १६ गते बिहान ०३:३५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।











प्रतिक्रिया