ऊर्जा मन्त्रालयमा व्यापक समीक्षा : सेवा प्रवाह सुधार र परिणाममुखी कार्यसम्पादनमा जोड


काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले आज मन्त्रालयअन्तर्गतका सम्पूर्ण महाशाखाहरूको समग्र अवस्था, प्रगति तथा विद्यमान चुनौतीबारे स्थलगत अनुगमन गर्दै विस्तृत समीक्षा गरेका छन्।

अनुगमनका क्रममा मन्त्रीले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउनुपर्नेमा विशेष जोड दिए। उनले सम्बन्धित निकायहरूलाई परिणाममुखी कार्यसम्पादनमा केन्द्रित हुन स्पष्ट निर्देशन दिँदै कामको गति र गुणस्तर दुवैमा सुधार ल्याउन आग्रह गरे।

मन्त्रीले ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको प्रभावकारी उपयोग तथा सिँचाइ प्रणालीको सुदृढीकरणमार्फत देशको समग्र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। साथै, चालु आयोजना र कार्यक्रमहरूलाई समयमै सम्पन्न गर्न र जनताले प्रत्यक्ष लाभ पाउने गरी कार्यान्वयन गर्न समेत निर्देशन दिएका छन् ।

मन्त्रालयले आगामी दिनमा सेवा सुधार, सुशासन र विकास निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने जनाएको छ।