काठमाडौं ।
हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स बास्केटबल क्लबले लगातार नवौँ जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको खेलमा टाईम्सले प्लेबक्स एरेनालाई ७६–५४ ले पराजित गरेको हो ।
लगातार नवौँ जितपछि विजेता टोली १० खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । नवौँ हारपछि प्लेबक्सको १० खेलबाट ११ अंक भएको छ ।











प्रतिक्रिया