आगामी वैशाख ११ गते रिलिज हुने फिल्म परालको आगोमा समावेश दुःख सुख जिन्दगानी शनिवार सार्वजनिक गरिएको छ
प्रकाश सपुत र शान्तिश्री परियारले गाएको गीतमा प्रकाशकै शब्द र संगीत रहेको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत र सुहाना थापालाई प्रस्तुत गरिएको छ।

मायालु भावमा प्रस्तुत भएका प्रकाश र सुहानाले यही फिल्ममार्पmत पहिलोपटक स्क्रिन सेयर गरेका हुन्। गीतले ग्रामीण भेगका युवा युवतीको माया र उनीहरूबीचको प्रेम झल्काएको छ। लोकलयमा आधारित गीतले दर्शकको मन जितिरहेको छ। गाउ“मा भएको घा“स दाउरा, बाख्रा गोठालाको दृश्य गीतको पर्दामा देखिन्छ। ओएसआर युटुब च्यानलमार्फत रिलिज गरिएको यस गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। गीतको भिडियोमा कोरियोग्राफी रामजी लामिछानेको छ।
फिल्मका यसअघि टिजर र फिल्ममा समावेश उडी जाऊ“ भने म पन्छी होइन सार्वजनिक गरिएको थियो। लक्ष्मण सुनारले निर्देशन गरेको फिल्म गुरुप्रसाद मैनालीको अमर कृति परालको आगोबाट प्रेरित छ। सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानिया“लगायतले अभिनय गरेको फिल्म हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा सुशील पोखरेलले प्रस्तुत तथा सुलभी पोखरेल र सत्यम् पोखरेलले निर्माण गरेका हुन्।
फिल्ममा सुशील देवकोटाको पटकथा र संवाद, मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्द रचना, शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको संगीत, किरण तुलाधरको पाश्र्व संगीत, रामजी लामिछानको कोरियोग्राफी, संकल्प भुजेलको छाया“कन, रंग संयोजन कनाल क“वर, समिर मिया र सत्यम रानाको भिएफएक्स, मुकेश शाहको मिक्सिङ र मिलन श्रेष्ठको सम्पादन रहेको छ। निर्माता रहेको यस फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।











प्रतिक्रिया