रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दै छ ।प्रवक्ता मनिष झाका अनुसार आज ४ बजे केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने छ भने त्यस लगत्तै ५ बजे संसदीय दलको बैठक बस्ने भएको छ ।

रास्वपाले शुरुमा केन्द्रीय समितिबाट संसदीय दलको नेता चयनसम्बन्धि विधान संशोधन गर्ने छ भने त्यसपछि बस्ने संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने भएको छ। । बालेनले भोली शुक्रवार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।