रसुवामा कन्टेनर गाडि दुर्घटना  हुदा २ जनाकाे मृत्यु

2.26k
Shares

रसुवा ।

साझ कन्टेनर गाडि दुर्घटना हुदा २ जना काे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय रसुवा का सुचना अधिकारी एवम प्रहरी निरिक्षक रमेश राय का अनुसार जिल्ला काे कालिका गाउँपालिका वडा नम्बर १ पासाङ ल्हामु सडक खण्डमा रहेकाे ग्राङजुङ डाडामा करिव साझ ७ वजेर २० मिनेट जादा दुर्घटना भएकाे हाे उक्त कन्टेनर कालिकास्थान वाट धुन्चे तर्फ आउदै गरेकाे ना ६ ख ५४९८ नम्बर काे रहेकाे र सडक वाट १ सय ५० मिटर तल खसेर गाडि मा सवार चालक र पेसेन्जर गम्भीर घाईते  भई तत्कालै त्रिशूली अस्पताल पुराईएकाे र उपचार काे क्रममा डक्टर ले मृत घाेषणा गरेकाे थियाे ।

घटना भएकाे थाहा पाउने वितिकै ईलाका प्रहरी कार्यालय कालिकास्थान प्रहरी निरिक्षक सहित ९ जना र अस्थायी प्रहरी पाेष्ट ग्राङबाट प्रहरी निरिक्षक सहित ५ जना काे टाेलि घटनास्थल पुगि घाईते भएका दुई जना लाई उदार गरि त्रिशूली अस्पताल पुराए संगै उपचार काे क्रममा डक्टरले मृत घाेषणा गरेकाे र डिब्बा समेत पुर्ण रूपमा क्षति भएकाे छ । मृत्युु हुनेमा कालिका गाउँपालिका वडा नम्बर १ राम्चेका ३९ वर्षिय पासाङ तामाङ र वडा नम्बर २ का २६ वर्षिय पेम्वा छाेवाङ थाेक्रा रहेका छन ।उनिहरू घाईते अवस्थामा अस्पताल पुराईएकाे थियाे ।