एआई फिल्म मेकिङ तालिम सम्पन्न


चलचित्र विकास बोर्डद्वारा आयोजित एआई फिल्ममेकिङ तालिम सम्पन्न भएको छ। तालिममा १ सय ५१ जनाको सहभागिता रहेको थियो।

नेपाल एआई फिल्म अलायन्सको सहकार्यमा सम्पन्न सिनेम्याटिक एम फ्रम स्क्रिप्ट टु स्क्रिन विथ आर्टिफिसियल इन्टिलीजेन्स शीर्षकको तालिममा सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ता एआई प्रयोग गरेर स्टोरी डेभलपमेन्ट, स्टोरीबोर्ड निर्माण, भिडियो उत्पादन तथा डिजिटल फिल्म निर्माणका आधुनिक प्रविधिबारे प्रशिक्षण दिइएको थियो। तालिममा करुण थापा, मौसम पुरीलगायतका प्रशिक्षकले सहजीकरण गरेका थिए।

कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले सहभागीहरूको उत्साहजनक सहभागिता र थप सिक्ने चाहनालाई ध्यानमा राख्दै एडभान्स एआई फिल्ममेकिङ तालिम थप तीन दिन सञ्चालन गरिने बताए। कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।