-अब निरन्तर अतिक्रमित संचना हटाउनेछौः विकास आयुक्त ढकाल
-नक्साङकनको आधारमा संरचना खाली गराउनेछौः इन्जिनियर श्रेष्ठ
काठमाडौं ।
काठमाडौ उपत्यका विकास प्राधिकरणले महादेवखोला करिडोर अन्तर्गत नेपालटार पुल, सिएनमार्ट चिहानसम्मको सार्बजनिक जग्गामा अधिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ । प्राधिकरले आज बिहीबार बिहान ८ बजेबाट ती संरचनामा हटाउन लागेको हो ।
प्राधिकरण अन्तर्गत काठमाडौ जिल्लाआयुक्त कार्यालयका इन्जिनियर डोरकाजी श्रेष्ठले खोलाकिनारमा अधिक्रमण गरी बनाइएका संरचना हटाउने क्रममा आज बिहीबार महादेवखोलास्थित सार्बजनिक जग्गा खाली गर्न लागेको जानकारी दिनुभयो । सो क्षेत्रमा कति जग्गा अतिक्रमित भएको छ भन्ने विषयमा आज बिहानमात्रै जानकारी हुने प्राधिकरणजे जनाएको छ ।
आयुक्त कार्यालयले आइत र सोमबार टोखा नगरपालिका वडा नम्बर ७ बसुन्धरास्थित दाहालगौडा चोकमा लामो समयदेखि अतिक्रमण भएको सरकारी जग्गामा निर्माण गरेको संरचना खाली गराएको थियो । पछिल्लो दुईमहिनादेखि सुस्त प्राधिकरण आइतबारबाट सक्रिय भएको हो । सहरी विकासमन्त्री कुमार इङनामको निर्देशनमा धोबीखोला र महादेवखोलाका सार्बजनिक जग्गामा बनेका संरचना हटाएको हो ।
प्राधिकणका प्रमुखआयुक्त जानुका ढकालले खोलाकिनारमा बनेका संरचना हटाउने कामलाई निरन्तरता दिने जानकारी दिनुयभयो ।‘केही समय प्राबिधिक कारणले रोकिएको थियो,अब निरन्तरता दिनेछौ– उहाँले भन्नुभयो । ‘सार्बजनिक जग्गा हडपेर संरचना निर्माण गरेको उजुरी प्राप्त भएलगत्तै तत्काल कार्यान्वयनमा जानेछौ–प्रमुख आयुक्त ढकालले भन्नुभयो ।
पछिल्लो समय मन्त्री इङनाम स्वयंले निर्देशन दिएकोकारण प्राधिकरण सक्रिय भएको हो । इन्जिनियर श्रेष्ठले खोला किनारा हडपेर बनाएका संरचना नापजाँच गरी अबैध संरचना खाली गर्ने कामलाई निरन्तरता दिइने बताउनुभयो । टोखा स्थित जग्गामा उक्त जग्गामा ७ नम्बर वडा अध्यक्ष नरोत्तम राणा लगायत केही स्थानीय व्यक्तिहरूले अतिक्रमण गरी टहरा बनाएका थिए । त्यसरी बनाइएका टहरा भाडामा समेत लगाइएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।
अतिक्रमण गरिएको उक्त जग्गा पूर्ण रूपमा खाली गरी सोमबार पुर्ण सफा गरिएको छ । खाली गरेको क्षेत्रमा कस्तो संरचना निर्माण गर्ने भन्ने विषयमा निर्णय हुन बाकी रहेको प्राधिकरणको भनाई छ ।
प्राधिकारणले यसअघि उक्त सरकारी जग्गामा आफैं खाली गर्न र बनाइएका संरचना भत्काउन पटक–पटक सार्वजनिक सूचना निकालेको थियो । प्राधिकरणले १५ गते सूचना निकालेको थियो ।स्थानीयतहका अधिकारीको कारण रोकिएको थियो । सुचना निकालेको ९ महिनापछि बल्ल डोजर चलेको हो । प्राधिकरणले अतिक्रमित जग्गा खाली गराउन सहयोगको आग्रह गर्दै कामपा प्रहरी र जिल्ला प्रसासन कार्यालयलाई पत्राचार गरेको थियो । आजपनि सोही संयन्त्रपरिचालन गरी डोजर लगाउने तयारी छ ।
प्राधिकरणमा परेको उजुरी अनुसार उक्त सार्वजनिक जग्गामा घर टहरा बनाई भाडामा लगाएर भाडा असुली धन्दा भइरहेको थियो । टोखाको जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाउँदै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको बुझिएको छ ।
यसअघि प्राधिकरणले महानगरपालिका वडानं–२९ भित्रका सार्वजनिक जग्गामा अतिक्रमण गरी निर्माण गरिएका मापदण्डविपरीतका भौतिक संरचना हटाउने निर्णय गरिसकेको थियो । आयुक्त कार्यालयले काठमाडौं महानगरपालिका २९ वडा कार्यालय र नापी कार्यालयका प्रतिनिधिसमेतको उपस्थितिमा कात्तिक १२ देखि कामपा २९ वडाभित्रका सार्वजनिक जग्गामा अतिक्रमण गरी बनाइएका मापदण्डविपरीतका भौतिक संरचनाहरू सर्वेक्षण गरेको थियो ।
अबैध संरचना पहिचान गरी नक्साङकन गर्न काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिका, नापी र मालपोत कार्यालयका प्रतिनिधि धोबीखोला करिडोरमा खटिएका थिए । टोलीको नापी नक्सको आधारमा अतिक्रमित जग्गा खाली गराइएको हो । पछिल्लो तथ्याङक अनुसार धोबीखोला करिडोरमा १८६ रोपनी ६ आना र बागमतीमा २६४ रोपनी १ आना जग्गा अतिक्रमण भएको अनुमान छ ।
सोही आधारमा प्राधिकरणले नापी कार्यालय चावहील र डिल्लीबजार र मालपोत कार्यालयलाई पत्राचार गरेको थियो । टोलीले दिएको रिपोट र नक्साङकनको आधारमा अवैध संरचना हटाउन थालेको हो । धोबीखोला कामपाको ४, ५, ७, ९, १० ,११ , २९ र ३० वडाको केही भाग पर्नेछ । भने बुढानिलकण्ठ नगरपालिकाको २, ८, ९, १० ११ र १३ वडाको केही क्षेत्र परेको छ । प्राधिकरण जिल्ला आयुक्त कार्यालयले धोबीखोलाको सिमानामा पर्ने काठमाडौ र बुढानिलकण्ठको सबै वडालाई सहजिकरण गर्न पत्र पठाइसकेको थियो ।











प्रतिक्रिया