काठमाडौं ।
तेहरानले अमेरिकीसँग भएको भनिएको वार्ताको समाचारलाई ‘फेक न्यूज’ भन्दै अस्वीकार गरेको छ। इरानी अधिकारीहरूले यस्ता रिपोर्टहरू आधारहीन र भ्रामक भएको बताएका छन्।
यसैबीच, डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्ध सुधार र सम्भावित सम्झौताका लागि अझै ‘शान्तिको अर्को मौका’ रहेको बताएका छन्। उनले कूटनीतिक प्रयासमार्फत द्विपक्षीय तनाव घटाउन सकिने संकेत दिएका छन्।
दुवै पक्षबाट आएको फरक–फरक धारणा बीच मध्यपूर्वमा कूटनीतिक अवस्था अझै अनिश्चित देखिएको छ।











प्रतिक्रिया