कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशन मुख्य एजेन्डा


काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारीबारे मुख्य रूपमा छलफल हुने जनाइएको छ। आगामी असोजमा महाधिवेशन गर्ने तयारी अनुरूप बैठकमा प्रस्ताव पेश हुने बताइएको छ।

यसअघि सभापति गगन थापाले दिएको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकृत गरिसकेको छ भने पार्टी उहाँकै नेतृत्वमा महाधिवेशनमा जाने तयारीमा रहेको छ। बैठकको अध्यक्षता समेत थापाले नै गर्ने बुझिएको छ।