पुएर्टो लेगुइजामो मा सैनिक विमान दुर्घटना, कम्तीमा ९० जनाको मृत्यु


काठमाडौँ ।

कोलम्बियाको दक्षिण–पश्चिमी पुएर्टो लेगुइजामो क्षेत्रमा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ९० जनाको ज्यान गएको छ।

बीबीसीका अनुसार ११० जना सवार रहेको उक्त विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो। कोलम्बियाली रक्षा मन्त्रालयका अधिकारीहरूले दुर्घटनामा ठूलो मानवीय क्षति भएको पुष्टि गरेका छन्।

दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ।

विमान दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। प्राविधिक समस्या वा अन्य सम्भावित कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।

घटनास्थलमा उद्धार तथा राहत कार्य जारी रहेको छ भने थप विवरणहरू आउन बाँकी छन्।