पहाडको मोहनी लगाउने


लोकप्रिय निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माणाधीन फिल्म पहाडमा समावेश गीत मोहनी लगाउने सोमवार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

ग्रामीण परिवेशमा छाया“कन गरिएको गीत नृत्यप्रधान र मिठासपूर्ण लाग्छ। ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउ“ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ। सार्वजनिक गीतमा निर्देशक तुलसी घिमिरेको शब्द रचना, रञ्जित सिंह गजमेरको संगीत, मदनकृष्ण श्रेष्ठ, भारती घिमिरे, साकार आप्टे र अश्मिता अधिकारीको स्वर तथा अभिनेता विपिन कार्कीको ¥याप रहेको छ। गीतको भिडियोमा अरुण क्षत्री र नव अभिनेत्री पञ्चमी घिमिरेलाई फिचरिङ गरिएको छ। गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।

निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर फिल्म तयार गरेको बताए। ‘यो विषयलाई फिल्मको माध्यमबाट आम दर्शकसम्म पु¥याउनुपर्छ भन्ने लागेर मैले फिल्म बनाएको हु“। यसमा मनोरन्जनस“गै एउटा महत्वपूर्ण सन्देश पनि छ। यो गीतले पनि त्यसमा केही संकेत गरेको छ’, कार्यक्रममा निर्देशक घिमिरेले भने। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक घिमिरेको निर्देशकीय यात्रा र उनको परिवारले नेपाली फिल्ममा पु¥याएको योगदानको चर्चा गरे।

‘तुलसी दाइको परिवार नै यही फिल्म क्षेत्रमा लागेर आप्mनो जीवन समर्पण गर्नुभएको छ। यो फिल्मबाट उहा“की कान्छी छोरी पञ्चमी पनि फिल्ममा आएकी छिन्। यो परिवारको समर्पणलाई हामीले सम्मानसहित कदर गर्नुपर्छ’ अध्यक्ष डिसीको भनाइ थियो।

आगामी वर्ष २०८३ को वैशाख १ गते नया“ वर्षका दिन रिलिज हुने फिल्ममा युवा जनशक्ति विदेश पलायन हु“दा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए। घिमिरेले यसपटक बलिदानमा काम गरेका मदनकृष्ण श्रेष्ठ, चिनोमा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि पहाडमा कास्ट गरेका छन्। फिल्म भारतीय फिल्म वेब सिरिज र टेलिसिरियलसमेत छाया“कन गर्दै आएका प्रमोद प्रधानले छाया“कन गरेका छन्। प्रधानले निर्देशक घिमिरेस“ग अन्याय, कोसेली, चिनो, दक्षिणालगायतका फिल्ममा सहकार्य गरेका छन्।

भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्मित फिल्ममा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानिया“, उमा गिरीलगायतका कलाकारले अभिनय गरेका छन्। उत्तम रसाइली प्रस्तुतकर्ता तथा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेको फिल्ममा रञ्जित सिंह गजमेरको संगीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्माता, कविराज गहतराज र मिङमा डी लेप्चा नृत्य निर्देशक, कुमार महर्जन द्वन्द्व निर्देशक तथा शंकर कोइराला र भारती घिमिरे फिल्म सम्पादक रहेका छन्।