नेपालमा जेइको जे६ (जेइको जेट ६) भव्य रूपमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लि.ले मार्च २३ मा उक्त इलेक्ट्रिक अल–रोडर गाडी सार्वजनिक गरेको हो ।
प्रारम्भिक अफर अन्तर्गत यस गाडीको मूल्य ७४ लाख ९९ हजार रुपियाँ तोकिएको छ । आकर्षक बक्सी तथा रग्ड डिजाइनमा तयार गरिएको यो गाडी ल्याण्ड रोभर डिफेन्डरबाट प्रेरित रहेको बताइएको छ ।
नयाँ जेइको जे६ मा रियर–ह्वील ड्राइभ प्रणाली रहेको छ भने शक्तिशाली मोटरले उच्च टर्क उत्पादन गर्छ। लिथियम आयरन फस्फेट ब्याट्री जडान गरिएको यस गाडीले करिब ४७१ किलोमिटर ड्राइभिङ रेन्ज प्रदान गर्ने क्षमता राख्दछ। २२२ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको गाडीमा १८ इन्च टायर, १५.६ इन्च सेन्ट्रल टचस्क्रिन, ८.२ इन्च इन्स्ट्रुमेन्ट प्यानल, ५० वाट वायरलेस चार्जर तथा प्रिमियम स्पिकर जस्ता आधुनिक फिचरहरू समावेश छन् ।
यसअघि सार्वजनिक जेइको जे६ मोडेलको सफलतापछि थप सुधारसहित नयाँ संस्करण ल्याइएको कम्पनीले जनाएको छ । देशभरका आधिकारिक शोरुममार्फत उपलब्ध गराइएको यस गाडीले नेपाली बजारमा इलेक्ट्रिक सवारी साधनको क्षेत्रमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउने विश्वास लिइएको छ ।











प्रतिक्रिया