फरक क्षमता भएकालाई वित्तीय साक्षरता


काठमाडौँ
सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बहिरा संघसँगको समन्वयमा चैत ८ गते काठमाडौँमा आयोजित कार्यक्रममा ४० जना सहभागी रहेका थिए । कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले आम्दानी, बचत, वित्तीय सुरक्षा, बैंकसँगको कारोबार, डिजिटल साक्षरता, स्मार्ट मनी, लगानी, प्रतिफल र जोखिमलगायत विषयमा प्रशिक्षण दिएका थिए । साथै सांकेतिक भाषा दोभाषे उमा पौडेल र प्रकाश महर्जनले सहजीकरण गरेका थिए ।

कार्यक्रमको समापनमा राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले यस्ता कार्यक्रम उपयोगी रहेको बताउँदै आगामी दिनमा थप सहकार्य गर्ने जानकारी दिनुभयो ।

आम नागरिकको विश्वासका आधारमा सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकता दिँदै बैंकले आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।