काठमाडौँ
सिद्धार्थ क्यापिटल लिमिटेडले ग्लोबल मनी विक–२०२६ को अवसरमा देशका विभिन्न शहरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । “स्मार्ट मनी टक्स (बचत मनी टक्स)” भन्ने मूल नाराका साथ मार्च १६ देखि सुरु भएको यो अभियान विश्वभर मनाइएको हो। सोही अवसरमा क्यापिटलले प्लस टु तथा स्नातक अध्ययनरत युवा विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरेको हो ।
यस क्रममा काठमाडौँ, नेपालगञ्ज, विराटनगर, बुटवल, नारायणगढ र पोखरालगायतका स्थानमा कार्यक्रम आयोजना गरिएको थियो । काठमाडौँको मृगसिरा वल्र्ड स्कुल, विराटनगर इन्टरनेशनल कलेज, नारायणगढस्थित वीरेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज बहुमुखी क्याम्पसमा सिद्धार्थ क्यापिटलको आयोजनामा तथा बुटवलको मणिमुकुन्द कलेज र पोखराको प्रतिभा माध्यमिक विद्यालयमा सिद्धार्थ बैंक लिमिटेडको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।
वित्तीय पहुँच विस्तार गर्दै दिगो आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ सञ्चालन गरिएका यस्ता अभियानले युवा पुस्तालाई जिम्मेवार वित्तीय निर्णय गर्न प्रेरित गर्ने विश्वास लिइएको छ । ग्लोबल मनी विक मार्च २२ मा सम्पन्न भएको छ ।











प्रतिक्रिया